
News Summary
Generated by OK AI. Editorially reviewed.- तीन नयाँ फिल्महरू शुक्रबारदेखि प्रदर्शनमा आउँदैछन् र तिनीहरूको एड्भान्स टिकट विक्री भइरहेको छ।
- तीन फिल्महरूले क्रमशः १६२, ४५ र १०७ शो पाएका छन्, जसले प्रदर्शकले तय गरेको हाइप र सम्भावित ओपनिङलाई संकेत गर्दछ।
- ‘ऊनको स्वीटर’ दोस्रो सातामा प्रवेश गरेको छ र यसले ११५ शो पाएको छ, जबकि ‘जार’ले ११ शो पाएको छ।
काठमाडौं । शुक्रबारदेखि तीन नयाँ फिल्म प्रदर्शन तयारीमा छन् । दुई नेपाली सोसल ड्रामादेखि हलिउडको हरर ड्रामा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ रिलिज हुनेछन् ।
यी तीनै फिल्मको एड्भान्स टिकट विक्री भैरहेको छ । यस्तोमा, तीन फिल्मले कति शो पाए ? यो शो विभाजनले फिल्मलाई लिएर प्रदर्शकले तय गरेको हाइप र सम्भावित ओपनिङलाई संकेत गर्छ ।
दीपेन्द्र खनाल निर्देशित मल्टिस्टारर सोसल ड्रामा ‘के घर के डेरा : घर नम्बर २’ले १६२ शो पाएको छ । दिलिप रायमाझी स्टारर ‘हेलो काँशीराम’ले ४५ शो पाएको छ । हलिउडको ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन्स’ले १०७ शो पाएको छ ।
‘ऊनको स्वीटर’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा फिल्मले ११५ शो पाएको छ । फिल्म १९० शोसहित ओपनिङ भएको थियो । दोस्रो सप्ताहन्तमा यो फिल्मका ७५ शो घटेका छन् ।
८६ शोसहित रिलिज भएको ‘जार’ले दोस्रो शुक्रबार ११ शो पाएको छ ।
प्रतिक्रिया 4