+
+
Shares

प्रधानमन्त्रीसँग बंगलादेशका समाजकल्याण मन्त्रीको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
  • नेपाल र बंगलादेशबीच आपसी सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो।
  • सगरमाथा संवादको क्रममा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका मुर्सिदले भेट गरेका हुन्।

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गरेका छन् ।

नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटका अवसरमा दुुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?