+
+
Shares

मागेको बजेट नदिए अर्थमन्त्रीले मूल्य चुकाउनुपर्छ : कान्छाराम तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको रकम नपाए ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।
  • उनीहरूले सात वटा जिल्लाका सांसदहरूका लागि २१ करोडको बजेट माग गरेका थिए र यदि त्यो रकम कटौती भयो भने सबै सांसदहरूको लिष्टसहित समिति बनाउनुपर्ने बताएका छन्।
  • सांसद तामाङले आफ्नो पार्टी सभापति इमान्दार हुनुहुन्छ र माओवादी अध्यक्षको बानीले अहिलेको राजनीतिक समीकरण बनेको उल्लेख गरेका छन्।

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्षको बजेटमा आफूहरूले माग गरेको बजेट नपाए अर्थमन्त्रीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूले सात वटा जिल्लाका सांसदहरूका लागि तीन/तीन करोडको दरले २१ करोड बजेट माग गरिएको जानकारी दिए ।

आफूहरुको मागबमोजिमको बजेट विनियोजन नभए संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको लिष्ट तयार गरेर छानविनका लागि समिति बनाउन बाध्य हुने उनको भनाइ थियो ।

‘आजको बैठकमा हामीले सात वटा जिल्लामा तीन तीन करोड गरेर २१ करोड माननीयहरूलाई दिने भनेर आफ्नो दलमा बुझाएका छौं । यदि अर्थमन्त्रीज्यूले कटाउने काम गर्नुभयो भने कांग्रेसका माननीय, एमालेका माननीय र माओवादीलगायतका सांसदहरूको लिष्टसहित समिति बनाउनुपर्ने हुन्छ,’ सांसद तामाङले भने, ‘हाम्रो पार्टी सभापति इमान्दार हुनुहुन्छ । उहाँ इमान्दार नहुनुभएको भए प्रधानमन्त्री केपी ओली घरमै बसिरहनुहुन्थ्यो । माओवादी अध्यक्षको चकचके बानीले अहिलेको समीकरण बनेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?