
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाको वडा नम्बर १९ मा एक हप्ते उद्घोषण तालिम कार्यक्रम सुरु भएको छ।
- यस तालिमले सहभागीहरूलाई उद्घोषण कला र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्नेछ।
- तालिममा सहभागीहरूले सिकेका दक्षतालाई व्यवहारमा लागू गर्न आग्रह गरिएको छ।
३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१९ मा एक हप्ते उद्घोषण तालिम कार्यक्रमको शुभारम्भ भएको छ ।
हनुमानढोका दरबार संरक्षण कार्यक्रमको सहकार्य तथा वडा नम्बर १९ को समन्वयमा आयोजित तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष राजेश कुमार श्रेष्ठले व्यक्तिको व्यक्तित्व विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने कला भनेको नै उद्घोषण भएको बताए ।
साथै उनले यस किसिमको तालिमले आफूमा निहित प्रतिभाको प्रस्टफुटन गर्दै टोल,समाजको दिशानिर्देशनमा समेत योगदान गर्न सक्ने नेतृत्वदायि क्षमता अभिवृद्धि गर्ने बताए ।
सहभागीले तालिमपछि आफूले सिकेको दक्षतालाइ व्यवाहरमा कार्यान्वयन गर्न उनले आग्रह गरे ।
उद्घोषण प्रशिक्षणका वरिष्ठ प्रशिक्षक नरेश कुमार मल्लको प्रशिक्षणमा सञ्चालन हुने एकहप्ते तालिम अवधिमा अन्य विषयगत विज्ञ प्रशिक्षक समेतले प्रशिक्षण दिने मिसन मिडिया क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष श्रीजन झाले प्रशिक्षण कार्यक्रममा उद्घोषण कलाको आधारभूत सिद्धान्तदेखि व्यावसायिक शैलीसम्मको ज्ञान र अभ्यास दिने जानकारीसंगै तालिमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै तालिमको क्रममा सिकेका सिपलाइ व्यवाहरमा कार्यान्वयन गनुपर्ने बताए ।
वडा न १९का वडा सदस्यद्वय रेणु कमल शाही , रन्जिता परियार र औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष गणेश नेपाल लगायतले शुभकामना दिए ।
प्रतिक्रिया 4