+
+
Shares

मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेक्सिकोको नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ। यस दुर्घटनामा केही व्यक्तिहरू घाइते भएका छन् र थप अनुसन्धान भइरहेको छ।
  • दुर्घटनाको भिडियोले जहाज पुल मुनिबाट जाँदै गर्दा ठोक्किएको देखाएको छ, जसले ठूलो क्षति पुर्‍याएको छ।
  • अहिले घटनाको थप विवरण र अनुसन्धानको प्रक्रिया जारी रहेको छ।

४ जेठ, काठमाडौं । मेक्सिकन नौसेनाको एक जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । सो जहाज एक विशेष समारोहका लागि जाँदै थियो ।

दुर्घटनाको एक भिडियोमा शनिबार साँझ सो जहाज पुल मुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएको देखिन्छ ।

त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यसबाट केही घाइते भएको बताइन्छ ।

न्यूयोर्क शहरको आकस्मिक सेवा तत्कालै सक्रिय भएको थियो । यसबारे थप विवरण आउन बाँकी छ ।

मेक्सिकन नौसेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै यस घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?