
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘ऊनको स्वीटर’ले दोस्रो शनिबारसम्म ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
- फिल्मले दोस्रो सप्ताहन्तमा ८० लाख रुपैयाँ कमाएको छ र अघिल्लो साता ४ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको थियो।
- निर्देशक नवीन चौहान र मुख्य कलाकार विपिन कार्की र मिरुना मगर हुन्।
काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । प्रदर्शनको दोस्रो शनिबार (९ दिनसम्म) फिल्मले देशब्यापी ५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।
दोस्रो सप्ताहन्तमा मात्र फिल्मले ८० लाख रुपैयाँ कमाउन सक्यो । अघिल्लो साता फिल्मले ४ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको थियो ।
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको यो फिल्मलाई नवीन चौहानले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4