
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नार्कको पुनर्संरचनाका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
- समितिले ९० दिनभित्र नार्कको संरचना र कार्यक्षमता सुधार गर्ने प्रस्ताव पेस गर्नेछ।
- मन्त्रालयले समितिलाई नार्कको ऐन, नियम, नीति र अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्न निर्देशन दिएको छ।
५ जेठ, काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पुनर्संरचना गर्न प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।
समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. ईश्वरी कडरिया र डा. यज्ञगजाधर खड्का सदस्य छन् । उच्चस्तरीय समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गरे ।
९० दिनको समय
मन्त्रालयले समितिलाई ९० दिनको कार्यावधि दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्र्दभमा उच्चस्तरीय समिति गठन गरिएको कृषि मन्त्रालयले जनाएको छ ।
विगतमा भएका अध्ययनले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै वसेको बैठकले स्वीकृति दिएको थियो ।
उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्र्तगतका ऐन, नियम, नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदन समीक्षा गर्ने, अन्य देशमा यससम्बन्धी भए गरेका असल अभ्यास अध्ययन गर्ने, संघीयताको भावना र मर्म अनुरूप समय सापेक्ष नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायत कार्यक्षेत्र तोकिएको छ ।
प्रतिक्रिया 4