
News Summary
Generated by OK AI. Editorially reviewed.- सुदीप खतिवडाले लेख र निर्देशन गरेको नाटक ‘ऋतु राग’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
- नाटकले नेपालका ६ ऋतुका दृश्य, ध्वनि र भावनाहरूलाई दर्शाउँछ र बालबालिका तथा पारिवारिक दर्शकलाई लक्षित छ।
- निर्माताले भने, ‘सचेतता र आनन्दका साथ डिजाइन गरिएको यो नाटक समय, रूपान्तरण र प्राकृतिक संसारको लयसँगको हाम्रो गहिरो सम्बन्धको कोमल यात्रा हो’।
काठमाडौं । नवोदित कलाकार सुदीप खतिवडाले लेखेको र निर्देशन गरेको नाटक ‘ऋतु राग’ अहिले मण्डला थिएटरमा मञ्चन भैरहेको छ ।
बालबालिका र पारिवारिक दर्शकलाई लक्षित गरि तयार पारिएको यो संगीतमय नाटकले नेपालका ६ ऋतुका दृश्य, ध्वनि र भावनाहरूलाई दर्शाउँछ ।
निर्माताका अनुसार, नाटकले दर्शकलाई भावपूर्ण गीतहरू, रोचक कथावाचन र एक जिज्ञासु युवती र उनको बुद्धिमान हजुरबुबा बीचको न्यानो बन्धनको संसारमा लैजान्छ जहाँ प्रकृतिले सास फेर्छ, सम्झनाहरू फुल्छन् र प्रत्येक ऋतुले आफ्नै स्वादका धुन सुनाउँछन् ।
‘सचेतता र आनन्दका साथ डिजाइन गरिएको यो नाटक समय, रूपान्तरण र प्राकृतिक संसारको लयसँगको हाम्रो गहिरो सम्बन्धको कोमल यात्रा हो’ निर्देशक खतिवडाले भने ।
‘ऋतु राग’ जुन १ सम्म हरेक दिन (सोमबार बाहेक) साँझ ६ः३० बजे मण्डला थिएटरमा मञ्चन हुनेछ । शनिबार दिउँसो २ः३० बजे थप शो हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ अनलाइनखबर
प्रतिक्रिया 4