
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘डीएसए स्टार २०२५ सिजन १६’को फिनाले काठमाडौंको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भयो।
- प्रतियोगितामा बालबालिकाहरु विधागत रुपमा विजेता भए र नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन्।
- कार्यक्रमको प्रमुख अतिथि युवराज अधिकारी थिए र नेपाली तथा तामाङ् गीतसंगीतको क्षेत्रमा योगदान दिने कलाकार विश्व दोङलाई सम्मान गरिएको थियो।
काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डीएसए स्टार २०२५ सिजन १६’को फिनाले सम्पन्न भएको छ । विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् ।
प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ अद्भिका लामिछाने विजेता, रुबिना राई फस्ट रनरअप र एलिस्मा वाइवा सेकेण्ड रनरअप घोषित भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका घिसिङ ‘फस्ट रनरअप’, युनिका बोगटी ‘सेकेण्ड रनरअप’, सुबिसा बोहोरा ‘थर्ड रनरअप’, साहारा भुजेल ‘फोर्थ रनरअप’, निर्भरा बस्नेत ‘फिफ्थ रनरअप’, कस्तुप तामाङ ‘सिक्स्थ रनरअप’ र श्रीषा धरेल ‘सेभेन्थ रनरअप’ भए ।
‘प्री-टिन डान्सिङ स्टार’तर्फ मनीषा श्रेष्ठ विजेता बन्दा रुहिना तामाङ ‘फस्ट रनरअप’, शिखा तामाङ ‘सेकेण्ड रनरअप’, एन्जल राना मगर ‘थर्ड रनरअप’, अनुभव न्यौपाने ‘फोर्थ रनरअप’, रितु सुनार ‘फिफ्थ रनरअप’, प्रिशानी बस्नेत ‘सिक्स्थ रनरअप’ र नेरिसा ढकाल ‘सेभेन्थ रनरअप’ भए ।
‘सिङगिङ स्टार’तर्फ आँचल अधिकारीले शीर्ष उपाधि चुम्दा प्रिन्सेस भण्डारी ‘फस्ट रनरअप’, कृष सुनार ‘सेकेण्ड रनरअप’ र रेसन गुरुङ ‘थर्ड रनरअप’ भए । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको निर्णायकमा कलाकार पल्पसा डङ्गोल, रमेश अधिकारी र गायक तथा संगीतकार थानेश्वर गौतम थिए ।
कार्यकममा नेपाली र तामाङ् गीतसंगीतको क्षेत्रमा निरन्तरता दिएकोमा गाएक विश्व दोङलाई राष्ट्रिय स्रष्टा सम्मान २०८२ बाट सम्मान गरिएको थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जीआरले फाइनल अघि ३० दिनसम्म ७३ जना बालबालिकालाई तार्केश्वर नगरपालिकामा रहेको सन फ्लावर एकेडेमीमा प्रशिक्षण दिइएको बताइन् ।
विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने उनले बताइन् ।
प्रतिक्रिया 4