+
+
Shares

ओली–देउवा भेट्दै, मन्त्रिपरिषद् बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको छ।
  • उनीहरूबीच नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउने विषयमा छलफल हुने बताइएको छ।
  • यसैगरी, आजको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ।

५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

उनीहरूबीच केहीबेरमा भेटवार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

उनीहरूबीच विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनेगरी छलफल हुन लागेको बताइएको छ ।

यससँगै, नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक पनि आज नहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?