
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रभु बैंक लिमिटेड र इला होटल्स एन्ड रिसोर्ट्स तथा मौलाकाली केबुलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।
- समझदारीले बैंकका ग्राहक तथा कर्मचारीलाई छुट र सेवाहरू प्रदान गर्नेछ।
- समझदारी अनुसार ग्राहक र कर्मचारीलाई १० देखि २० प्रतिशत छुट र केबुलकार यात्रा निःशुल्क हुनेछ।
यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीलाई इला होटल्स एन्ड रिसोर्ट्स र मौलाकाली केबुलकारमा विशेष छुट तथा सेवा प्रदान गर्ने छ ।
समझदारीपत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबुलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इला होटल्स एन्ड रिसोर्ट्समा फुड एन्ड बेभरेजमा १० प्रतिशत, आवास सेवामा १० प्रतिशत, केबुलकार टिकटमा २० प्रतिशत छुट र केबुलकार यात्रा निःशुल्क हुनेछ ।
यस समझदारीले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको र यसले ग्राहकलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
ग्राहक तथा कर्मचारीलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्त्वपूर्ण उपलब्धि भएको जनाइएको छ ।
प्रतिक्रिया 4