 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद सुमना श्रेष्ठले मिटर ब्याज पीडितको समस्या समाधानको लागि सरकारसँग प्रश्न गरेकी छन्।
- आफ्नो पार्टीको साहुमहाजन जोगाउन मिटर ब्याज पीडितमाथि राजनीति नगर्न उनको आग्रह छ ।
६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितले न्याय कहिले पाउने भनेर सरकारसँग प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो प्रश्न गरेकी हुन् ।
उनले भनिन्, ‘श्रीमान गौरीबहादुर कार्कीले दिएका सुझावहरू तथा श्रीमान् तेजबहादुर कार्कीको आयोगले बनाइदिएको कार्यविधि स्वीकृत गर्ने हो भने वा कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत मिटरब्याज पीडितको समस्या समाधान हुन्छ । तर त्यसका लागि मान्छे थुन्नुपर्यो । आफ्नो अर्को भन्नु भएन । तर पीडितलाई पीडित बनाइरहेको छ अहिले । कतिन्जेल आन्दोलन गराइरहने । आयोगमाथि आयोग थप्ने । पीडितको समस्या गिजोलिरहने । राज्यको नीति कस्तो हो ?’
हिजो सोमबार भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भने जस्तो काम गर्न नसक्ने बताएको भन्दै उनले यसअघिको आयोगलाई असहयोग गरियो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको बताइन् ।
पीडितलाई सिंहदरबारमा नो इन्ट्री भनिएकोप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो पार्टीको साहु-महाजन जोगाउन मिटरब्याज पीडितमाथि राजनीति नगर्न आग्रह गर्दै मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4