+
+
Shares

केन्द्रीय बैंकमा नवनियुक्त गभर्नरको प्रवेश (तस्वीरहरू)

केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि कार्यकक्ष पुगेर गभर्नर पौडेलले माइन्युटमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।
  • उनले पदभार ग्रहण गर्नुअघि उनलाई कर्मचारीहरूले स्वागत गरेका छन् ।
  • उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

७ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथसँगै पदभार ग्रहरण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै गभर्नर पौडेल बालुवाटारस्थि केन्द्रीय बैंकमा पुगेर पदभारग्रहरण गरेका हुन् ।

केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए । त्यसपछि कार्यकक्ष पुगेर गभर्नर पौडेलले माइन्युटमा हस्ताक्षर गरेर पदभार ग्रहण गरे ।

पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।

समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री हुन् ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका उनी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार पनि भएका थिए ।

तस्वीरहरू : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?