+
+
Shares

पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा मेरो फरक मत होइन : बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा विमानस्थलको प्रतिवेदन अपूरो भएको बताए।
  • उनीहरूले प्रतिवेदनमा आफ्नो फरक मत नभई पूरक मत भएको बताए र थप अध्ययन आवश्यक रहेको बताए।
  • बास्कोटाले सम्झौता, ह्याण्ड्ओभर र चाभी हस्तान्तरणबारे पनि छानबिन गर्नुपर्ने बताए।

७ जेठ, काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् ।

बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए ।

‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने, यो प्रतिवेदनको विषयमा मेहनत भएको छ,’ सांसद बास्कोटाले भने, ‘तर त्यसको केही चिजहरूमा मेरो अलिकति पुगेन भन्ने छ । हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ, त्यो तथ्यांकहरु त्यसरी गएन ।’

विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउँदै उनले छानबिन हुनुपर्ने बताए ।

‘यो विषयमा छानबिन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्यूले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अर्थात् यो अपूरो छ । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?