+
+
Shares

दुई ऋणपत्र, दुई हकप्रद सेयर र एक म्युचुअल फन्डले पाए स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्ड, ऋणपत्र र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको छ।
  • ग्लोबल आईएमई समुन्नत योजना–२ ले १ अर्ब २० करोड रुपैयाँको म्युचुअल फन्ड जारी गर्नेछ।
  • साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त गरेका छन्।

७ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न धितोपत्र निष्कासनका लागि स्वीकृति दिएको छ ।

बोर्डले एउटा म्युचुअल फन्ड, दुई ऋणपत्र र दुई हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । म्युचुअल फन्डतर्फ ग्लोबल आईएमई समुन्नत योजना–२ ले स्वीकृति पाएको छ । कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको बन्दमुखी योजना जारी हुनेछ ।

त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिवेन्चरलाई निष्कासनका लागि स्वीकृति दिइएको छ । ८ प्रतिशत ब्याजदर, १० वर्षे अवधिको यो ऋणपत्रको आकार १ अर्ब रुपैयाँको छ ।

नेपाल एसबीआई बैंक ऋणपत्र २०९० ले निष्कासनको स्वीकृति पाएको छ । ७ प्रतिशत ब्याजदर, १० वर्षे अवधिको यो ऋणपत्रको आकार ३ अर्ब रुपैयाँको छ ।

दुई कम्पनी बरुण हाइड्रोपावर र नेपाल इन्स्योरेन्सले हकप्रद निष्कासनको स्वीकृति पाएका छन् । बरुणले १ बराबर १ र नेपाल इन्स्योरेन्सले १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति पाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?