+
+
Shares

युनेस्को नेपाल प्रमुख र पर्यटनमन्त्रीबीच भेट : लुम्बिनीलाई खतरा सूचीमा नराख्न पहल

भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे छलफल भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री बद्रीप्रसाद पाण्डे र युनेस्को प्रमुखले लुम्बिनीलाई खतराको सूचीबाट नहटाउने उपायमा छलफल गरे।
  • युनेस्कोले पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै लुम्बिनी र काठमाडौंको विषयमा सकारात्मक छलफल भएको बताए।
  • मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र अन्य सम्पदालाई प्रारम्भिक सूचीमा समावेश गर्न सहयोग माग गरे।

८ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री पाण्डेले युनेस्कोका मापदण्ड अनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी दिए । सरकारले तयार पारेको कार्ययोजना कार्यान्वयनमा रहेको समेत उनले जानकारी दिए । लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे ।

युनेस्को प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनी सहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकोमा सन्तोष व्यक्त गरे ।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचिकृत तथा अन्य सम्भावित सम्पदालाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे । लुम्बिनीको दीर्घकालीन प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारी समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?