+
+
Shares

एमाले नेतृत्वलाई माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले पार्टी र नेतृत्वमाथि आक्रमण गरेको बताए।
  • उनीहरूले माओवादीको उद्देश्य एमालेलाई कमजोर र समाप्त पार्नु रहेको आरोप लगाए।
  • पोखरेलले वर्तमान सरकार नेपालको अर्थतन्त्र सुधार गर्न लागेको बताए।

९ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको बताएका छन् ।

कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको उनले बताए ।

‘आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रुपमा प्रस्तुत भइरहेको पाउने गर्दछाँै,’ उनले भने ।

उनीहरूको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको उनको भनाइ थियो । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी उनले गरे ।

‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरुले जुन हिसावले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्नेकुरा बुझ्नुपर्दछ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरूले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन,’ महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?