+
+
Shares

भेरी र नारायणीमा बेपत्ता भएका दुई जनाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १० गते १५:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेरी र नारायणी नदीमा बेपत्ता भएका दुई व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ।
  • गत ८ वैशाखमा सुर्खेतको भेरी नदीमा प्रेम बहादुर राना र अर्को दिन नारायणी नदीमा यमलाल दराई बेपत्ता भएका थिए।
  • खोजी कार्यका लागि विभिन्न स्थानबाट १३ जना भन्दा बढी गोताखोर परिचालित भएका छन्।

१० जेठ, काठमाडौं । भेरी र नारायणी नदीमा बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ ।

गत ८ वैशाखमा सुर्खेतको गुर्भाकोट नगरपालिका –१० भेरी नदीमा प्रेम बहादुर राना बेपत्ता भएका थिए । त्यसकै भोलिपल्ट शुक्रबार सााझ पूर्वी नवलपरासी जिल्ला गैडाकोट नगरपालिका –९ थम्सी स्थित नारायणी यमलाल दराई बेपत्ता भएका थिए ।

उनीहरू दुवैको खोजीका लागि गोताखोरको टोली परिचालन भएको सशस्त्र प्रहरी बलका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

४४ वर्षीय रानाको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमाण्डमा ४ जना गोताखोर टोली खटिएको छ ।

त्यस्तै, सुरक्षा बेश घुमखरेबाट सहयक प्रहरी निरीक्षकको कमाण्डमा १३ जनाको टोली पनि शनिबार बिहानबाट खोजी कार्यमा परिचालित रहेको उनले बताए ।

यस्तै नारायणीमा बेपत्ता ४० वर्षीय दराईको खोजिको लागि शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४ जना गोताखोर सहित ९ जनाको टोली खटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?