
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रजातन्त्रले ल्याएको स्वतन्त्रता र अधिकारको संरक्षण आवश्यक रहेको बताए।
- उनले संघर्ष र बलिदानबाट प्राप्त अधिकारलाई सुरक्षित राख्न जिम्मेवारी सबैको भएको उल्लेख गरे।
- सिंहले वर्तमान समयमा नकारात्मक कुरालाई प्रचार गर्न र उपलब्ध उपलब्धिलाई अस्वीकार गर्न प्रवृत्ति भएको बताए।
१० जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए ।
‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन् । त्यो के दियो ? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको ? संघर्ष गरेर अधिकार आयो । अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’
अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरे ।
संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनले बताए । नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए ।
‘अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,’ उनले भने ।
प्रतिक्रिया 4