+
+
Shares

नेपालमा ‘सीएसआर’ रकम खर्चको प्रभावकारितामा उपसभामुखको प्रश्न

प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआर रकम खर्चको प्रभावकारितामा प्रश्न उठाइन् । उनले कर्पोरेट कम्पनीहरूले यसमा ध्यान दिन नसकेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ सम्पन्न भएको छ ।
  • उपसभामुख इन्दिरा रानाले सीएसआर रकमको प्रभावकारितामा प्रश्न उठाइन्।
  • बिफक्याप नेपालले समिटबाट प्राप्त रकमले पूर्वी नेपालका ४ सय उद्यमीलाई वित्तीय साक्षरता दिएको जानकारी दिए।

११ जेठ, काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) लाई बलियो बनाउन र नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउन काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ भएको छ ।

समिट उद्घाटन गर्दै प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआर रकम खर्चको प्रभावकारितामा प्रश्न उठाइन् ।

उनले कर्पोरेट कम्पनीहरूले यसमा ध्यान दिन नसकेको बताइन् ।

त्यस्तै नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्त्वपूर्ण छलफल भइरहनुपर्ने बताए ।

कार्यक्रममा बिफक्याप नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका भोजपुर, सोलुखुम्बु र खोटाङका ४ सय उद्यमीलाई वित्तीय साक्षरता दिने जानकारी दिए ।

बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थामा उद्यम गर्ने हजारौं युवामाझ विभिन्न सिपमूलक कार्यक्रम, मानव विकास क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?