
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाका उपरथी दिपककुमार बानियाँको म्याद थप नभएपछि २३ जेठबाट अवकाशमा जाने निर्णय भएको हो।
- प्रधानसेनापति अशोकराज सिग्देलले म्याद थपको सिफारिस नगरेपछि उनलाई पत्र पठाइएको थियो र उनले गत बिहीबारबाट बिदामा बसे।
- उनले जिम्मेवारी दिएर बिदा बसेका थिए र अब रथीमा बढुवा हुने अवसर उपरथी गणेश श्रेष्ठ वा विष्णु रावतमध्येले पाउने छन्।
११ जेठ, काठमाडौं । नेपाली सेनाका उपरथी दिपककुमार बानियाँ म्याद थप नभएपछि २३ जेठबाट अवकाशमा जाने भएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलले म्याद थपका लागि सिफारिस नगरेपछि पदावधि हदबाट अवकाशका लागि उनलाई पत्र पठाइएको छ । त्यसअनुसार अवकाशको १५ दिनअघि गत बिहीबारबाट बानियाँ बिदामा बसेका छन् ।
उनी पदावधि थप भएको भए उनी रथीमा बढुवा हुनसक्थे । उनी अवकाशमा गएसँगै अब उपरथी गणेश श्रेष्ठ वा विष्णु रावतमध्येले रथीमा बढुवा हुने अवसर पाएका छन् । त्यसपछि सहायक रथी पूर्ण खत्री, ध्रुव कार्की, विष्णु कार्कीमध्येबाट उपरथीमा बढुवा हुनेछन् ।
३ पुस २०७५ मा बसेको नेपाली सेनाको पीएसओज बैठकले रथीहरुलाई अवकाशको १५ दिनअघि बिदा बस्नुपर्ने व्यवस्था गरेको थियो थियो । त्यसअनुसार, बानियाँलाई ८ जेठमा जिम्मेवारी बुझबुझारथ गर्न भनिएको थियो ।
त्यसअनुसार, उनले आफू कार्यरत सैनिक संगठन निर्देशनालयमा सहायक रथी दिवसराज रेग्मीलाई निमित्त जिम्मेवारी दिएर बिदा बसेका थिए ।
प्रतिक्रिया 4