 
																						News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएका नौ बुँदे सहमति कार्यान्वयन गर्ने बताएका छन्।
- मन्त्री पन्तले आगामी बजेटमा सम्बोधनका लागि वार्तामा रहेको र सहमति विधेयकमा समेट्ने प्रयास भइरहेको बताए।
- शिक्षक महासंघसँगको छलफल ७–८ दिनभित्र सहमतिमा पुग्ने मन्त्री पन्तको विश्वास छ।
११ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएका नौ बुँदे सहमति कार्यान्वयन गर्ने बताएका छन् ।
आगामी बजेटमामा सम्बोधनका लागि आफू वार्तामा रहेको उनको भनाइ छ ।
शिक्षा समितिको आइतबारको बैठकमा मन्त्री पन्तले आर्थिक रूपमा सरकार दबाबमा परे पनि सहमतिलाई शिक्षा विधेयकमा कसरी समेट्ने भनेर वार्तामै रहेको बताए ।
‘शिक्षक महासंघसँग वार्तामा छौं । अहिलेको सरकारले धेरै बोझ बोक्नु परेको छ । तर नौ बुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने ।
शिक्षकसँग भएका सहमति विधेयकमा सामेल गर्ने भन्नेमा सरकार लचिलो रहेको उनले बताए । सो विषयमा छिट्टै टुंगोमा पुग्ने पनि उनले बताए ।
‘नौ बुँदे सहमतिलाई कसरी कानुनी रूप दिने भन्नेमा महासंघसँग छलफल-वार्ता गर्छौं । शिक्षक महासंघलाई पनि अलमल गराउने पक्षमा छैनौं,’ मन्त्री पन्तले भने, ‘७–८ दिनमा महासंघसँग सहमतिमा पुगिएला ।’
शिक्षकका माग सम्बोधन गर्दा सरकारलाई आर्थिक भार पर्ने भएकाले शिक्षा मन्त्रालयले मात्र यसमा निर्णय गर्न नसक्ने उनको भनाइ छ । त्यसैले आगामी छलफलमा अर्थ मन्त्रालयका कर्मचारीलाई पनि बोलाउन उनले समितिलाई सुझाव पनि दिए ।
‘आर्थिक भार बहन गर्ने कुरा छ । अबको छलफलमा अर्थमन्त्री, अर्थ सचिव वा अर्थको कर्मचारी बोलाउनु होला । आर्थिक भार शिक्षा मन्त्रालयले मात्र लिन सक्दैन,’ मन्त्री पन्तले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4