+
+
Shares

नेपालमा लगानी गर्न श्रीलंकाली निजी क्षेत्रलाई चेम्बरको आग्रह

श्रीलंका भ्रमण क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले श्रीलंकाका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे।
  • उनले जलविद्युत्, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानीको अवसर रहेको बताए।
  • दुई देशको निजी क्षेत्रबीच सहकार्य र रणनीतिक योजना आवश्यक रहेको अध्यक्ष अग्रवालले उल्लेख गरे।

११ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा लगानी गर्न श्रीलंकाका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।

श्रीलंका भ्रमण क्रममा अध्यक्ष अग्रवालले जलविद्युत्, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानीका लागि त्यहाँको निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासले आयोजना गरेको नेपाल–श्रीलंका व्यापार एवं व्यवसाय सम्मेलन क्रममा अध्यक्ष अग्रवालले नेपाल लगानीका लागि अधिक सम्भावना र सुरक्षित प्रतिफलका लागि पनि उत्कृष्ट गन्तव्य रहेकोमा जोड दिए ।

नेसनल चेम्बर अफ कमर्स श्रीलंकाका पदाधिकारीसँगको भेटमा अध्यक्ष अग्रवालले नेपालमा लगानीको प्रतिफल सुनिश्चित गर्ने वातावरण निर्माण भइसकेको भन्दै वर्तमान आर्थिक नीतिगत व्यवस्थाले विदेशी लगानीकर्तामा उत्साह बढाएको उल्लेख गरे ।

नेपालमा लगानीका क्षेत्रबारे श्रीलंकाका व्यवसायीलाई जानकारी दिँदै अग्रवालले दुई देशको निजी क्षेत्रबीच ठोस रणनीतिक योजना सहित संयुक्त लगानी एवं व्यापार सहजीकरणका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यसका लागि दुई पक्षीय भ्रमणलाई निरन्तरता दिनुपर्ने अग्रवालको भनाइ छ ।

कार्यक्रममा दुई मुलुकबीचको व्यापारिक अवसर, लगानीका चुनौती नीति तथा कानुनी संरचना लगायत विषयमा विस्तृत छलफल भएको थियो । नेपालमा लगानीका लागि श्रीलंकाली निजी क्षेत्र सकारात्मक देखिएको अध्यक्ष अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?