
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले १ जनवरी २०२६ देखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने बताए।
- उहाँले सुरुङमार्गको सब–अपरेसनको काम ७ कात्तिकदेखि सुरु हुने र सिभिल वर्क अक्टोबर २५ मा सकिने जानकारी दिए।
- मन्त्री दाहालले सुरुङमार्ग नेपालको गौरवको विषय भएको र यसबाट नेपालमा सुरुङ युगको सुरुवात हुने दाबी गरे।
११ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी १७ पुस (१ जनवरी सन् २०२६) देखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताएका छन् ।
मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री दाहाल मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारी लिएर आइतबार निर्मार्णाधीन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्न पुगेका हुन् ।
सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री दाहालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताए ।
उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेसनको काम आगामी ७ कात्तिकदेखि सुरु हुने बताए ।
मन्त्री दाहालले अगामी १७ पुस (१ जनवरी सन् २०२६) देखि सुरुङमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।
मन्त्री दाहालले भने, ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय हो । लामो समयको प्रतिक्षापछि यो सञ्चालनमा आउने तयारीमा छ । अहिले पनि काम भइरहेको छ । हामी अगामी ७ कात्तिकदेखि सामान्य सब–अपरेसनको काम चाहिँ सुरु गर्छौं । सिभिल वर्क अक्टोबर २५ मा सकिन्छ । त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ । यसलाई पूर्ण रूपमा अगामी वर्षको १ जनवरीदेखि सुरु गर्ने भनेका छौं । तर त्यसअघि नै हामीले सुरुङमार्ग सञ्चालनका लागि डेमो जस्तो गरेर यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि काम गर्छौं ।’
नेपालको सुरुङ युगको सुरुवात नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ ।
प्रतिक्रिया 4