
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो कर्पोरेट कार्यालय काठमाडौं–२८ कमलादीस्थित आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ।
वैदिक सनातन विधि अनुसार पूजाअर्चना गरी बैंक सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले नयाँ भवन उद्घाटन गरे ।
बैंक सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा आयोजित समारोहमा नयाँ भवनबाट सेवा प्रारम्भ गरिएको घोषणा गरिएको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी यसअघि काठमाडौं–११ थापाथलीस्थित ट्रेड टावरमा रहेको प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय तथा विभिन्न विभाग अबदेखि कमलादीस्थित आफ्नै कर्पोरेट भवनबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकले ग्राहक सेवा अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसाथ कर्पोरेट कार्यालय स्थानान्तरण गरेको जनाएको छ ।
प्रतिक्रिया 4