 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेसएक्सको स्टारशिप रकेटको नौौं परीक्षण उडान असफल भयो।
- कम्पनीले परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ।
- रकेटले केही समस्या देखिएर पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भएर टुक्रा–टुक्रा भयो।
१४ जेठ, काठमाडौं । स्पेसएक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ।
यो अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। यसलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिएको थियो।
बीबीसीका अनुसार स्टारशिपको यो नवौं परीक्षण उडान थियो । यो मानवविहीन रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।
तर, प्रक्षेपणको केही समयपछि नै केही समस्या देखियो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्किनु अघि नै अनियन्त्रित भएको हो ।
स्पेसएक्सको भनाइअनुसार, अन्तरिक्ष यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो ।
सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमार्फत कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4