
News Summary
Generated by OK AI. Editorially reviewed.- गाजामा सहायता वितरण स्थलमा तनाव र अराजकता देखिएको छ, जसले मानवीय संकटलाई गम्भीर बनाएको छ।
- राष्ट्रसंघले गाजामा भएको घटनालाई ‘हृदयविदारक’ भनेको छ, र विस्तृत सहायता योजना रहेको बताएको छ।
- इजरायलले नाकाबन्दी र सैन्य आक्रमण जारी राख्दा हजारौं मानिस भोकमरी र मृत्युको जोखिममा परेका छन्।
१४ जेठ, काठमाडौं । अमेरिका र इजरायल–समर्थित एक विवादित संस्थाले गाजामा भोजन वितरण गरिरहेका बेला तनाव उत्पन्न भएको छ । संयुक्त राष्ट्र संघलाई निषेध गर्दै गाजा ह्यूमनटेरियन फाउन्डेसन (जीएचएफ) नामक विवादित संस्थाले गाजामा भोजन वितरण थालेको थियो ।
तर, उक्त संस्थाले स्थापना गरेको सहायता वितरण स्थल दोस्रो दिनमै हजारौं प्यालेस्टाइहनीहरूले कब्जा गरेका छन् । दक्षिणी राफा सहरमा रहेको जीएचएफको कम्पाउन्डमा फाँडिएका बारहरू र माटोका ढिस्काहरू माथिबाट मानिसहरूको भीड हिँडिरहेको भिडियोहरूमा देखिन्छ ।
जीएचएफले खाना लिन आएका मानिसहरुको ठूलो भीडका कारण तनाव सृजना हुँदा आफ्ना सहायताकर्मी पछि हट्नु परेको दाबी गरेको छ । इजरायलले पनि जीएचएफका सहायताकर्मीको सुरक्षार्थ चेतावनीका लागि गोली चलाउन परेको बताएको छ ।
गाजामा निषेध गर्न खोजिएकोमा राष्ट्रसंघले त्यसलाई अनैतिक तथा अव्यवहारिक भन्दै आपत्ति जनाएको छ । जीएचएफले हतियाधारी सुरक्षागार्ड प्रयोग गरिरहेको बीबीसीले जनाएको छ । पछिल्लो ११ दिनदेखि गाजामा लगाइएको नाकाबन्दीका कारण त्यहाँ हजारौं मानिस भोकमरीले मर्न सक्ने विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
गाजामा ‘भोकको राजनीति’ गर्न खोजिएको भन्दै आलोचना हुँदै आएको छ । जीएचएफले वितरण गरेको भोजन लिन आएका मानिसहरुबीच भागदौड हुँदा देखिएको दृश्यलाई राष्ट्रसंघले हृदयविदारक भनेको छ ।
साथै उसले खाना नपाएर भोकमरीको चपेटमा रहेका गाजाका २१ लाख जनसंख्यालाई सहायता पु¥याउन आफूसँग विस्तृत योजना रहेको समेत बताएको छ । अमेरिका र इजरायल समर्थित जीएचएफसँग राष्ट्रसंघसहित अन्य सहायता समूहले पनि सहकार्य गर्न अस्वीकार गरेका छन् ।
जीएचएफले बल प्रयोग गरेर सहायतालाई ‘हतियार’ बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । गाजामा जीएचएफले अवलम्बन गरिरहेको रणनीतिले थप विस्थापन निम्त्याउने, हजारौं मानिसहरूलाई जोखिममा पार्ने, राजनीतिक र सैन्य उद्देश्यका आधारमा सहायतालाई सर्तमा राख्ने, र विश्वभर सहायता वितरणका लागि अस्वीकार्य नजीर स्थापना गर्ने चेतावनी दिएका छन् ।
इजरायलले भने सहायतकर्मीका साथ हतियारीधारी सुरक्षागार्डको उपस्थिति हमासविरुद्ध भएको दाबी गरेको छ ।
गाजाका लागि वितरण गरिने भोज विद्रोही समूहले हमासले चोर्न सक्ने इजरायलको तर्क छ । हमासले भने यो आरोपलाई अस्वीकार गरेको छ । जीएचएफले गाजामा हालसम्म स्थानीय र गैह्र सरकारी संस्थाहरुसँग मिलेर ४ लाख ६२ हजार खाना वितरण गरेको दाबी गरेको छ ।
मंगलबार दिउँसो, इजरायली र प्यालेस्टिनी मिडियाले हजारौं पुरुष, महिला र बालबालिकाहरू वितरण स्थलहरूमध्ये एकमा प्रवेश गरिरहेको भिडियोहरू प्रकाशन गरेका थिए । एक भिडियो क्लीपमा केही मानिसहरू दौडिरहेको र झुकिरहेको देखिन्छन् किनकी गोली चलेको आवाज सुनिन्छ । मानिसहरूले खाद्य पार्सल र अन्य सहायता कब्जा गर्दा अराजक स्थिति सृजना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
‘स्थिति अत्यन्तै कठिन थियो । उनीहरूले एक पटकमा ५० जनालाई मात्र पार गर्न दिएका थिए’, एक व्यक्तिले बीबीसी अरबीको मध्य पूर्व दैनिक रेडियो कार्यक्रमलाई बताएका छन् । भोकले आक्रान्त मानिसहरुकाधे भीड अन्तिममा सहायताकर्मीले बनाएको घेरा तोडेर गेटमा चढेको र खाना लिन लुछाचुँडी गर्नुपर्ने स्थिति देखिएको थियो ।
अनिकालका कारण मानिसहरु हतास छन्, खाना खोज्न र आफ्ना बच्चाहरूलाई खुवाउनका लागि जे पनि गर्न, आफ्नो ज्यान जोखिममा पार्न पनि तयार छन्’, एक महिलाले भनिन् । हमास–नियन्त्रित गाजाको एक सरकारी मिडियाले भने इजरायलको सहायता वितरण गर्ने प्रयास ‘नराम्ररी असफल’ भएको टीप्पणी गरेको छ ।
जीएचएफले वितरण गरेको खाना ग्रहण गर्न मानिसहरुलाई हमासले नरोकेको पनि उक्त मिडियाको तर्क छ । न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले गाजामा भएको घटनाको उक्त फुटेजलाई ‘हृदयविदारक’ भनेका छन् ।
‘हामी र हाम्रा साझेदारहरूसँग एक विस्तृत, सैद्धान्तिक, सञ्चालनयोग्य योजना छ जुन सदस्य राष्ट्रहरूद्वारा समर्थित छ र जुन निराश जनसंख्यालाई सहायता पु¥याउनका लागि हो । हामी दोहोर्याएर भन्छौं कि अनिकाल रोक्न र सबै नागरिकहरूको आवश्यकता पूरा गर्न मानवीय कार्यहरूको अर्थपूर्ण विस्तार आवश्यक छ’, उनले थपे । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले संयुक्त राष्ट्र संघको आलोचनालाई ‘पाखण्डको पराकाष्ठा’को संज्ञा दिएका छन् ।
‘यो दुर्भाग्यपूर्ण छ, किनकि यहाँको मुद्दा गाजालाई सहायता दिनु हो, र त्यसपछि अचानक यो शैली वा कसले गरिरहेको छ भन्ने बारेमा गुनासोमा परिणत हुन्छ’, ट्यामी ब्रुसले पत्रकारहरूसँग भनिन् ।
इजरायलले २ मार्चमा गाजामा मानवीय सहायता र व्यावसायिक आपूर्तिमा पूर्ण नाकाबन्दी लगाएको थियो । त्यसको दुई हप्ता पछि इजरायलले हमाससँगको युद्धविराम तोड्दै पुनः सैन्य आक्रमण गरेको थियो ।
गाजामा हमासले बन्धक बनाएका ५८ जनाको रिहाईका लागि दबाब बढाउन आक्रमण बढाइएको इजरायलको तर्क छ । ५८ जना बन्धकमध्ये २३ जना जिवितै भेटिन सक्ने विश्वास छ । १९ मे मा फेरि इजरायली सेनाले गाजामाथि आक्रमण बढाएको छ । त्यसपछि इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूले गाजाका सबै क्षेत्र नियन्त्रणमा लिने बताएका थिए ।
अमेरिकी दबाबपछि नेतन्याहूले इजरायलले अस्थायी रूपमा नाकाबन्दी सहज बनाउने र अनिकाल रोक्न गाजामा ‘आधारभूत’ मात्रामा खाना प्रवेश गर्न दिने बताएका थिए । त्यसयता गाजामा कम्तिमा ६६५ ट्रक लोड मानवीय सहायता, जसमा पीठो, शिशु खाना र चिकित्सा आपूर्तिहरु प्रवेश गर्न अनुमति दिएको बताइएको छ ।
संयुक्त राष्ट्र समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपीसी)को मूल्याङ्कन अनुसार आगामी महिनाहरूमा पाँच लाख मानिसहरू चरम् भोकमरीको चपेटमा पर्न सक्छन् । २०२३ को अक्टोबर ७ मा गाजामा सक्रिय विद्रोही समूह हमासले आक्रमण गरेपछि जवाफी कारवाहीस्वरुप इजरायलले सैन्य अभियान सुरु गरेको थियो ।
आक्रमणमा १२ सय मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म गाजामा ५४ हजार ५६ व्यक्ति मारिएका छन् । पछिल्लो १० हप्तामा नै ३ हजार ९ सय १ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया 4