+
+
Shares

राष्ट्रिय सभामा स्थानीय तहको सङ्ख्या घटाउन माग

रासस रासस
२०८२ जेठ १४ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद रुक्मिणी कोइरालाले स्थानीय तहको संख्या घटाउन र खर्च कटौती गर्न सुझाव दिइन्।
  • उनले मौलिक हकको कार्यान्वयन र प्रभावकारी कार्यान्वयनको आवश्यकतामा जोड दिइन्।
  • बैठकमा मौलिक हकको व्यवस्था र त्यसको कार्यान्वयनका विषयमा छलफल भएको थियो।

१४ जेठ, काठमाडाैं ।  सांसद रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीयको सङ्ख्या घटाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले मौजुदा ७५३ बाट घटाएर ५५३ वटा स्थानीय तह कायम गर्न सुझाव दिइन् ।

बैठकमा कोइरालाले संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन् । उनले समतामूलक समाज निर्माणका मौलिक हकको प्रत्याभूत गर्नुपर्ने बताइन् ।

‘संविधानको १६ देखि ४७ धारासम्म मौलिक हकको व्यवस्था गरेको छ । तर ती मौलिक हकको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ? भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको छ’, कोइरालाले भनिन्, ‘ती मौलिक हकको कार्यान्वयनका लागि बनेका विभिन्न ऐनहरू छन् । तर ती ऐनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । मौलिक हक कार्यान्वयनका लागि बनेका यी ऐन र नियमवालीको विषयमा अध्यायन गर्न आवश्यक छ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?