+
+
Shares

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल

सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा दलहरूको जोड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारीका लागि दलहरूसँग छलफल गरेको छ।
  • निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न दलहरूसँग सहयोग मागेको र मृत्यु भइसकेका तथा दोहोरिएका नाम हटाउने काम भइरहेको सचिव पन्थले बताए।
  • दलहरूले निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा प्रत्याभूति आवश्यक रहेको र आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गर्ने बताएको छ।

२७ कात्तिक, काठमाडौं । निर्वाचन आयोग माघमा हुन राष्ट्रिय सभा निर्वाचन र फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबारे दलहरूसँग छलफल गरेको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी थिए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ निर्धारण गरिएको छ भने प्रतिनिधि सभा निर्वाचन फागुन २१ मा हुँदैछ ।

छलफलमा निर्वाचन कार्यतालिका, आवश्यक तयारीका लगायतका विषयमा दलहरूसँग सुझाव मागिएको आयोगका सचिव माहादेव पन्थले जानकारी दिए ।

उनका अनुसार मतदाता नामावली अद्यावधिक गर्न दलहरूसँग सहयोग मागिएको छ । मृत्यु भइसकेका, दोहोरिएका व्यक्तिको नाम सूचीबाट हटाउने कार्य भइरहेको उनले बताए ।

छलफलमा सहभागी दलहरूले आसन्न निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति हुने पर्ने धारणा राखेका थिए ।

छलफलपछि बाहिरिने क्रममा पत्रकारहरूमा कुरा गर्दै जनमत पार्टीको कार्यकारिणी सदस्य ममता झाले निर्वाचन सम्पन्न गर्न आफ्नो दलले आवश्यक सहयोग गर्ने प्रतिबद्धता राखेको बताइन् ।

तर, निर्वाचनको आयोगले विश्वासको वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारको खोजी हुनुपर्ने र निर्वाचन शान्तिपूर्ण हुने सुनिश्चितता गरिनुपर्ने सुझाव दिएको उनले बताइन् ।

निवार्चन सफल बनाउनु सबैको दायित्व भएको बताउँदै झाले निर्वाचन अति आवश्यक रहेको बताइन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले आयोगले ४० दिन निर्वाचन प्रचारका लागि छुट्याएकोप्रति पुनर्विचार गर्नुपर्ने सुझाव दिएको बताए ।

पत्रकारहरूसँग कुरा गर्दै विघटित प्रतिनिधि सभा सदस्य समेत रहेका सुवालले प्रचारका लागि ४० आवश्यक नपर्ने र

सबै राजनीतिक दलहरूसँग सुझाव लिएर निर्वाचन तालिकालाई अन्तिम रूप दिनुपर्ने राय छलफलमा राखेको बताए ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा प्रत्याभूति आयोग र सरकारले दिनुपर्ने उनको भनाइ छ । आयोगले राष्ट्रिय सुरक्षा परिषद्सँग छलफल गरेर देशभरीको सुरक्षाभूति के कस्तो छ स्पष्ट पार्नुपर्ने उनले बताए ।

सुरक्षा चिन्ताको सम्बोधन गर्न आयोग र दलहरू मिलेर निर्वाचनको वातावरण बनाउनुपर्ने सचिव पन्थले बताए ।

सचिव पन्थका अनुसार हालसम्म १२६ वटा दल दर्ता भएका छन् । निर्वाचन घोषणा अघि १२२ दल दर्ता रहेको यसबीच ५ दल थपिएका छन् । यस्तै एउटा दल खारेज भएको र २१ वटा दर्ता प्रक्रियामा रहेको सचिव पन्थले बताए ।

दर्ताका लागि निवेदन दिएका २१ दलको कागजात अध्ययन, सनाखतको काम भइरहेको उनले बताए । ३० कात्तिकभित्र दर्ता प्रक्रियाको अन्तिम निर्णय दिइने र निर्वाचनमा भाग लिने दलको संख्या यकिन हुने पन्थले बताए ।

ले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनबारे छलफल

आयोगका सचिव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए ।

सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था बमोजिम यो निर्वाचन हुन लागेको हो । सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये १८ सदस्यमा निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

सभाको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहनेछन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुखको मत भार १८ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?