News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।
- निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि सात वटा दल दर्ता भएका छन्।
- फागुन २० मा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ, जसमा १८ स्थानका लागि निर्वाचन हुँदैछ।
५ मंसिर, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । उक्त निर्वाचनमा माग लिन आयोगले यही माघ ७ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि सात वटा दल दर्ता भएका छन् ।
जसमा नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यी दलहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन सक्नेछन् । राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता हुन्छन् ।
५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । जहाँ एक तिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छ ।
आगामी फागुन २० मा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद बामदेव गौतम छन् ।
उनको ठाउँमा सरकारले गरेको सिफारिसका आधारमा अर्को व्यक्तिलाई राष्ट्रपतिले मनोनित गर्नेछन् । बाँकी १८ स्थानका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि भने दल दर्ता गरेको छैन ।

प्रतिक्रिया 4