
गोपीबहादुर अछामी/फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको बैठकमा सांसद गोपीबहादुर अछामीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
- उनले अध्यागमनमा भएको मानव तस्करी घटनामा गृहमन्त्री जोडिएको आरोप लगाए।
१४ जेठ, काठमाडौं । राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले अध्यागमनमा भएको ठूलो मानव तस्करीमा गृहमन्त्री लेखक जोडिएको आरोप लागेको भन्दै उनले राजीनामा माग गरेका हुन् ।
पछिल्लो घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमै राम्रो सन्देश गइरहेको छैन,’ उनले भने, ‘अध्यागमनमा भर्खरै ठूलो मानव तस्करीको घटना घट्यो । यसमा गृहमन्त्री आफैं मुछिएको घटना बाहिर आएको छ, उहाँले राजीनामा दिएर अनुसन्धानको लागि मार्गप्रशस्त गर्नुपर्छ ।’
सांसद अछामीले भ्रष्टाचारी जोसुकै भए पनि अनुसन्धान गरेर कारबाही गर्नुपर्ने माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4