+
+
Shares

प्रभु हेलीले थप्यो नयाँ हेलिकप्टर

प्रभु हेलीले दर्ता नम्बर ‘९एन‑एएनटी’ रहेको एयरबसको ‘एच१२५’ सिरिजको हेलिकप्टर किनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रभु हेली लिमिटेडले फ्रान्सेली एयरबस हेलिकप्टर ‘एच१२५’ थपेको छ।
  • अध्यक्ष सुभाष अमात्यले हेलिकप्टर अत्याधुनिक प्रविधि र उच्च प्रदर्शन भएको बताए।
  • कम्पनीले यसलाई पर्यटन, स्वास्थ्य उद्धार, सामग्री ढुवानी र मानवीय उद्धारमा प्रयोग गर्ने योजना छ।

१४ जेठ, काठमाडौं । प्रभु हेली लिमिटेडले फ्रान्सेली जहाज निर्माता एयरबसमा निर्मित नयाँ हेलिकप्टर थपेको छ ।

प्रभु हेलीले दर्ता नम्बर ‘९एन‑एएनटी’ रहेको एयरबसको ‘एच१२५’ सिरिजको हेलिकप्टर किनेको हो । यो हेलिकप्टर दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्‍याउन उत्कृष्ट रहेको कम्पनीका अध्यक्ष सुभाष अमात्यले बताए ।

अत्याधुनिक प्रविधि जडित हेलिकप्टरमा ५ यात्रु सिट क्षमता छ । हाई अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभरि अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकप्टरका रूपमा परिचित समेत रहेको अमात्यले बताए ।

कम्पनीले पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यमा यसको प्रयोग गर्ने उनको भनाइ छ ।

असोज २०७२ मा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलीले तत्कालीन मुक्तिनाथ हेलिकप्टरलाई १० वर्ष अगाडि अधिग्रहण गरेको थियो । एउटा रोबिन्सन हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु हेलीले चार वटा रोबिन्सन हेलिकप्टर थप गरी सेवा प्रदान गरेको थियो ।

कम्पनीले पाँच वर्ष अगाडि पहिलो एयरबस हेलिकप्टर भित्र्याएको थियो । प्रभुसँग अब दुइटा एयरबस एच१२५ हेलिकप्टर पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?