
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तिजनक अभिव्यक्तिलाई सच्याउने प्रयास गरेका छन् ।
- गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई सांगीतिक महोत्सवको रूपमा मनाउने उद्देश्यले दिएको अभिव्यक्तिलाई गलत तरिकाले नबुझ्न आग्रह गरे ।
१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तिजनक अभिव्यक्तिलाई सच्याउने प्रयास गरेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई गणतन्त्र दिवसका दिन ‘काठमाडौं नियन्त्रण’ गर्ने गरी उत्रन निर्देशन दिएका थिए । तर गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई गलत तरिकाले नबुझ्न आग्रह गरेका छन् ।
‘उहाँले (प्रधानमन्त्रीले) संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो । कुनै राजनीतिक नियन्त्रण, हिंसात्मक नियन्त्रण, विध्वंशात्मक नियन्त्रण होइन । संगीतको नियन्त्रण, पूरै काठमाडौं उपत्यका संगीतमय बनाऔं,’ प्रधानमन्त्री भनाइलाई व्याख्या गर्दै गृहमन्त्री लेखकले भने, ‘यो काठमाडौं उपत्यका संगीतमय बनाऔं । र, यो उपत्यका संगीतको नियन्त्रणमा हुन्छ भन्ने अर्थमा भन्नु भएको बुझेको छु ।’
गणतन्त्रलाई उत्सवका रूपमा मनाउन संगीतमय काठमाडौं भन्ने अर्थमा प्रधानमन्त्रीले त्यस्तो बोलेको उनले बताए । ‘हाम्रा जति पनि परम्परागत बाजाहरू छन्, सांगीतिक कलाहरू छन्, त्यसको सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई सांगीतिक महोत्सवका रुपमा मनाऔं भन्ने अर्थमा भनेको मैले बुझेको छु’, गृहमन्त्री लेखकले बताए ।
सँगै व्यवस्था र संविधान उल्ट्याउने गतिविधि भने सह्य नहुने उनले बताए । ‘गृह प्रशासन संविधान र संघीय गणतन्त्र पल्ट्याउने उल्ट्याउने फाल्ने सहन गर्न सक्दैन । शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको छ, गरिनेछ,’ गृहमन्त्री लेखकले भने ।
प्रतिक्रिया 4