
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा आरसीसी ढलानलाई प्राथमिकता दिने घोषणा गरे।
- सरकारले शहरी तथा संवेदनशील क्षेत्रमा स्वदेशी सिमेन्ट र सामग्री प्रयोग गरी सडकको टिकाउपनाका लागि प्रोत्साहन गर्नेछ।
१५ जेठ, काठमाडौं । सरकारले सडकमा आरसीसी ढलानलाई प्राथमिकता दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहरी तथा संवेदनशील क्षेत्रमा सिमेन्ट, छड, गिट्टी र बालुवा प्रयोग गरी आरसीसी ढलानलाई प्रोत्साहन दिने घोषणा गरेका हुन् ।
अलकत्रा प्रयोग गरेर हुने कालोपत्रको सट्टा ढलान गर्दा स्वदेशी सिमेन्ट लगायत उत्पादनको प्रयोग बढ्ने भन्दै सरकारलाई व्यवसायीहरूले ध्यानाकर्षण गराएका थिए ।
बजेटमा पनि सरकारले स्वदेशी उत्पादनको खपत हुने र सडक टिकाउ हुने भन्दै ढलानलाई प्रोत्साहन दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4