+
+
Shares

यी हुन् धेरै बजेट पाउने १० मन्त्रालय

शिक्षाले कुल बजेटको १०.७५ प्रतिशत हिस्सा पाएको छ । यो भनेको २ खर्ब ११ अर्ब १६ करोड बराबर हो । दोस्रो स्थानमा गृह मन्त्रालय छ । गृहले कुल बजेटको १०.६२ प्रतिशत हिस्सा पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २०८२/८३ को बजेट सार्वजनिक गरी सबैभन्दा बढी रकम अर्थ मन्त्रालयलाई विनियोजन गरेको छ।
  • बजेटको १०.७५ प्रतिशत हिस्सा शिक्षालाई र १०.६२ प्रतिशत गृह मन्त्रालयलाई दिइएको छ।
  • कानुन, न्याय तथा संसदीय मामिलाले सबैभन्दा कम बजेट पाएको छ, जुन ५३ करोड ५६ लाख रुपैयाँ हो।

१५ जेठ, काठमाडौं । सरकारले बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । यसमध्ये सबैभन्दा बढी विनियोजन अर्थ मन्त्रालयका नाममा रहेको छ ।

तर, उक्त रकम आन्तरिक ऋणको साँवा भुक्तानी, वाह्य ऋणको साँवा भुक्तानी तथा भइपरी आउने अन्य खर्चमा प्रयोग हुन्छ । त्यसकारण अर्थले आफ्नो आन्तरिक प्रयोजनमा गर्न पाउने खर्च कम हुन्छ । यस प्रकार बजेटमा सबैभन्दा बढी हिस्सा शिक्षा मन्त्रालयको रहेको पाइएको छ ।

शिक्षाले कुल बजेटको १०.७५ प्रतिशत हिस्सा पाएको छ । शिक्षामा २ खर्ब ११ अर्ब १६ करोड विनियोजन भएको छ । दोस्रो स्थानमा गृह मन्त्रालय छ । गृहले कुल बजेटको १०.६२ प्रतिशत हिस्सा पाएको छ ।

यस वर्ष सबैभन्दा कम बजेट भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पाएको छ । यस मन्त्रालयको बजेट ५३ करोड ५६ लाख रुपैयाँ बराबर छ । जुन कुल बजेटको ०.०३ प्रतिशत हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?