+
+
Shares

राजेश हमालको ‘नरसिंहा अवतार’ले पहिलो साता कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘नरसिंहा अवतार’ले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • राजेश हमालले ८ वर्षपछि घरेलु फिल्ममा पुनरागमन गरेका हुन्।
  • निर्माताले दोस्रो श्रृंखलाको निर्माणको घोषणा गरेका छन्।

काठमाडौं । राजेश हमालको शीर्ष भूमिका रहेको फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

दिवाकर भट्टराई निर्देशित यो फिल्मबाट हमालले ८ वर्षपछि घरेलु फिल्ममा पुनरागमन गरेका हुन् ।

हमालसहित यो फिल्ममा राज कटुवाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, सरोज खनाल लगायतको अभिनय छ ।

शम्भुजीत बासकोटा र रचना रिमालको स्वर रहेको ‘अच्छा लिकिन लण्डनको चिसोले’ यतिबेला टिकटक र रिल्समा निकै रुचाइएको गीतमध्ये पर्छ ।

निर्माताले फिल्मको पोस्ट-क्रेडिटमार्फत दोस्रो श्रृंखला निर्माणको समेत घोषणा गरेका छन् । दोस्रो श्रृंखलामा पनि हमाललाई देख्न पाइने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?