+
+
Shares

बजेटबारे होटल व्यवसायी : समग्रमा राम्रो, सफ्ट लोनको व्यवस्था नहुँदा दुःखी

व्यवसायी भन्छन्– ‘साना तथा मझौला होटलहरूलाई व्यवसायको आधारमा सामान्य ब्याजदरमा तत्काल प्राप्त गर्न सक्ने गरी ‘सफ्ट लोन’को व्यवस्था गरेको भए अझ राम्रो हुने थियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • होटल व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेटलाई स्वागत गरेका छन्, जसले उद्योगलाई मान्यता र छुटको व्यवस्था गरेको छ।
  • जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले बजेटले साना र मझौला होटलहरूका मुद्दामा ध्यान दिनुपर्ने बताए।
  • बजेटले पर्यटकीय गन्तव्यहरू स्तरोन्नति, यातायात सुधार र पर्यावरणीय संरक्षणमा ध्यान दिएको छ, जसले पर्यटन र अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने अपेक्षा छ।

१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलाई होटल व्यवसायीहरूले स्वागत गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्मा बिहीबार पेश गरेको बजेटले समग्र होटल व्यवसायलाई उद्योगको मान्यता दिई छुटको व्यवस्था गर्नु स्वागतयोग्य रहेको होटल व्यवसायीहरूले जनाएका छन् ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले भने, ‘समग्रमा होटल व्यवसायलाई उद्योगको मान्यता दिएर होटल तथा रिसोर्टलाई उद्योग सरह आयकर तथा विद्युत महसुलमा छुट दिने घोषणा गरिएको छ । यसलाई हामीले स्वागत गरेका छौं ।’

बरालले साना तथा मझौला होटलहरूका मुद्दामा भने बजेट मौन रहेको बताए । साना तथा मझौला होटलहरूलाई व्यवसायको आधारमा सामान्य ब्याजदरमा तत्काल प्राप्त गर्न सक्ने गरी ‘सफ्ट लोन’को व्यवस्थाका लागि ध्यानाकर्षण गराए । उनले व्यवस्थापिका संसद्मा छलफलको क्रममा संशोधनबाट भए पनि आफूहरूका सरोकारलाई बजेटमा सम्बोधन हुने विश्वास व्यक्त गरे ।

साना तथा मझौला होटल व्यवसाय पनि पर्यटन प्रवर्द्धनको मुख्य मेरुदण्ड रहेको भन्दै उनले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न तथा पर्यटकको आगमन बढाउन बजेटले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सरकारले बजेटमार्फत पर्यटकीय गन्तव्य जोड्न स्तरोन्नति भइरहेका राजमार्गहरूको समयवद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने जस्ता महत्वपूर्ण घोषणा भएको बताए ।

अध्यक्ष बरालले स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ जस्ता युनेस्को सूचीकृत सम्पदाहरूमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरूमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको राय छ ।

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकहरूको बसाई लम्बाउन ध्यान दिनुपर्ने आवाज आफूहरूले उठाउँदै आएको भन्दै बरालले नेपालमा अधिकतम पर्यटकहरू आकर्षिक गर्न हरित पर्या–पर्यटनको विकासमा निकुञ्ज, आरक्ष, संरक्षित जंगल, सफारी, पर्यापदयात्रा लगायत हिल स्टेशन, आतिथ्य उद्योगको विकास र विस्तारका साथै प्रदूषण घटाउने कार्यक्रम घोषणा महत्वपूर्ण रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?