
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कलाकारले अभिनय र निर्माण गरेको फिल्म ‘कामा’ सन् २०२५ को बेलायतको राष्ट्रिय चलचित्र अवार्डमा मनोनित भएको छ।
- फिल्मलाई ‘उत्कृष्ट स्वतन्त्र फिल्म’को विधामा मनोनित गरिएको हो र भोटिङ खुला भएको छ।
- जुलाई २ मा अवार्ड वितरण हुने र नेपालमा चाँडै प्रदर्शन हुने जनाइएको छ।
लण्डन । नेपाली कलाकारले अभिनय र निर्माण गरेको फिल्म ‘कामा’ सन् २०२५ मा बेलायतको राष्ट्रिय चलचित्र अवार्डमा मनोनयन भएको छ ।
अवार्डको आधिकारिक वेबसाइटअनुसार ‘२०२५ को उत्कृष्ट स्वतन्त्र फिल्म’को विधामा विक्रम जोशीले निर्माण गरेको फिल्म मनोनित भएको हो । ‘कामा’सहितका ११ फिल्म यो विधामा मनोनित छन् ।
यो फिल्म मार्चमा बेलायतका विभिन्न सहरमा प्रदर्शन भैसकेको छ । ‘अपराध रहस्य’को कथावस्तुमा बनेको फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । मनोनयनसँगै भोटिङ पनि खुला भएको अवार्डले उल्लेख गरेको छ ।
दर्शकको मतको आधारमा विजेता घोषणा हुने जनाइएको छ । निर्माता जोशीले ‘कामा’लाई मत दिन आग्रह गरेका छन् । जुलाई २ मा अवार्ड वितरण हुने जनाइएको छ ।
पटकथा र संवाद लक्ष्मण सुवेदी, निर्माता जोशी र हिराल जोशीले लेखेका हुन् । फिल्ममा नेपाली अभिनेता टंक धमला, समीर गुरुङ, भारतीय अभिनेत्री पूजा गुप्ता, बेलायती अभिनेता म्याथ्यु वेवफोर्ड, जेमिमा टोम्स, मिया बेनेटको अभिनय छ । यो फिल्मलाई चाँडै नेपालमा प्रदर्शन गर्ने जनाइएको छ ।
निर्माता जोशी नेपाली मूलका बेलायती हुन् । उनी लामो समयदेखि त्यहाँ बस्दै आएका छन् । त्यहाँको राष्ट्रिय चलचित्र पुरस्कारमा सम्बन्धित देशका फिल्ममेकरले मात्र भाग लिन पाउने नियम छ ।
प्रतिक्रिया 4