अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले विश्वकपको उपाधि भिडन्तअघि लिओनल मेस्सीलाई विशेष सन्देश पठाएका छन् ।
विश्वकप सम्वन्धी आफ्नो टेलिभिजन कार्यक्रममार्फत मेस्सीलाई पठाएको सन्देशमा म्याराडोनाले फाइनलमा दुई गोल गर्न आग्रह गरेका छन् । ‘आइतबार तिम्रो खेल हुँदैछ । तिमी आफ्नो टिमलाई नेतृत्व गर्दैछौं’ उनले भनेका छन्-‘दुई गोल गरे र हामी विश्वकपको उपाधिका साथ माराकाना छाड्न चाहन्छौं ।’
यसो गरे मेस्सीको यो ऐतिहासिक क्षण हुने र कहिल्यै नभुल्ने उनले बताए । उनले अघि भनेका छन्-यदि अरु दिन थियो भने हामीले जर्मनीविरुद्ध मासेरानो र अन्य देश खेलाडी राखे हुन्थ्यो । आज मेस्सी, मासेरानो र अरु ९ खेलाडीसहित खेल्नुपर्छ ।’
उनले मेस्सी आफूभन्दा अघि बढे स्वागत गर्ने बताए । अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोनाले भनेका छन्-यदि मेस्सीले मलाई जिते भने म उनका लागि रातो कार्पेट विछ्याउँछु ।’
मेस्सी र आफूलाई तुलना गरेर सम्वन्ध विगार्ने प्रयास भइरहेको भन्दै उनले आफूहरु निकै घनिष्ठ रहेको बताए ।