+
+
Shares

‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ राणालाई प्रदान गरिने

रासस रासस
२०८२ जेठ १६ गते १८:२६
गायिका मीरा राणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले जेठ २७ मा सिन्धुपाल्चोकमा पुरस्कार वितरण गर्ने घोषणा गर्यो।
  • उहाँहरूले वरिष्ठ गायिका मीरा राणालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२’ र अन्य कलाकारहरूलाई विभिन्न पुरस्कार प्रदान गर्नेछन्।
  • कार्यक्रमले नेपाली गीतसङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका कलाकारहरूलाई सम्मान र प्रोत्साहन दिने उद्देश्य राखेको छ।

काठमाडौँ । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन् । उनका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

“यस वर्षको सम्मान तथा पुरस्कार गायक प्रधानकै जिल्लामा दिने तयारी छ । उहाँको सम्झनामा गीतसङ्गीतमा आफ्नो जीवन समर्पित गरेकालाई थोरै भए पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ”, कोषाध्यक्ष मास्केले भनिन् ।

यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान  २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उनलाई सम्मानसँगै एक लाख एक हजार रुपैयाँ नगद राशि प्रदान गरिने छ ।

त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान २०८२’ बाट वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की ढली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार २०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि रु ५० हजार एक छ ।

यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिंह घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार २०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु २५ हजार एक रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिइन् । नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?