+
+
Shares

यातायातमन्त्री दाहालले गरे रेलसेवा अध्ययन र विकासबारे कोरियामा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दक्षिण कोरियामा यातायात र रेलसेवा विस्तारका विषयमा छलफल गरेका छन् ।
  • मन्त्री दाहालसँगको भेटमा त्यहाँका उच्च अधिकारीहरूले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्य बारेमा प्रकाश पारेका थिए ।

१८ जेठ, काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गरेका छन् ।

भ्रमणमा मन्त्री दाहालले कोरेल कर्पोरेसनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग त्यहाँका उच्च अधिकारीले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए ।

यसअघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीबीच नेपालमा रेल सेवाको विकास र अध्यननका बारेमा छलफल भएको थियो ।

उक्त छलफल पश्चात भएका समझदारीहरूका बारेमा समेत भेटमा कुराकानी भएको भ्रमण दलका सदस्य मनोज दाहालले जानकारी दिए ।

भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पोरेसनका अधिकारीहरूसँग भेटमा आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।

यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधीहरूले पनि छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?