+
+
Shares

कमल थापा र दीपक सिंहलाई छाड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंहलाई प्रहरीले छाड्ने तयारी गरेको छ।
  • उनीहरूलाई नारायणचौर र प्रहरी परिसरबाट पक्राउ गरिएको थियो।
  • प्रहरीले उनीहरूलाई छाड्ने तयारी गरेको जानकारी दिएको छ।

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपक सिंहलाई छाड्ने तयारी गरिएको छ ।

आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका थापा र प्रहरी परिसरबाटै पक्राउ परेका सांसद सिंहलाई छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

थापालाई आइतबार दिउँसो आन्दोलनको क्रममा नारायणचौर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसहित अन्य ८ जना पनि सोही क्षेत्रबाट पक्राउ परेका थिए ।

त्यस्तै, राप्रपा सांसद सिंह भने थापालाई भेट्न प्रहरी परिसर पुगेका थिए । सोही बेलामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरू सबैलाई आजै छाड्ने तयारी रहेको प्रहरी स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?