 
																			१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यका बन्दको कार्यक्रममा आफ्नो सहभागिता नरहेको जनाएको छ ।
आइतबार आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको सन्दर्भमा बन्दको प्रसंग उठेको तर उनीहरु सबै रिहा भइसकेकाले बन्दमा राप्रपा सहभागी नहुने अध्यक्ष लिङ्देनको भनाइ छ ।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरिसकेको छ ।
त्यसैले लिङ्देनले लेखेका छन्, ‘पक्राउ परेका नेता कार्यकर्ताहरु रिहा भइसक्नु भएको हुँदा भोलि (जेठ १९ गते) हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु ।’
उनले राप्रपा बन्द हड्ताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4