+
+
Shares

महिलाका स्तनबारे ६ मिथक र तथ्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिलाको स्तनको आकार र परिवर्तनका मिथकहरू र तथ्यहरू स्पष्ट पारिएका छन्।
  • स्तनको आकारमा भिन्नता सामान्य हो र चिकित्सकीय आवश्यक छैन।
  • स्तनपान र ब्राको प्रयोगले स्तनको आकारमा कुनै नकारात्मक प्रभाव नपार्ने तथ्य उल्लेख गरिएको छ।

महिलाको व्यक्तित्वमा स्तनको आकारले महत्त्वपूर्ण भूमिका खेल्छ । स्तनको सही आकारले महिलाको व्यक्तित्वमा निखार ल्याउँछ । साथै, महिलाहरूमा आत्मविश्वास पनि बढाउँछ ।

स्तन जति टाइट र सुडौल हुन्छन्, त्यति नै सम्पूर्ण व्यक्तित्व आकर्षक देखिन्छ । तर, उमेर बढ्दै जाँदा स्तनको आकार परिवर्तन हुन थाल्छ र झोलिन थाल्छ । कतिपयमा कम उमेरमा नै यो समस्या देखा पर्न सक्छ ।

यस्तो अवस्थामा स्तनको आकारमा परिवर्तन आउनु र झोलिनुमा अन्य पनि कारण हुन सक्छन् । कतिपय महिलाहरूलाई ब्रा लगाउनाले स्तन खुकुलो हुनबाट रोक्छ भन्ने पनि लाग्न सक्छ, तर यो सत्य होइन । यो मात्र हैन स्तनको बारेमा यस्ता धेरै मिथकहरू छन् ।

१. मिथक – दुवै स्तनको आकारमा भिन्नता हुनु स्वास्थ्य समस्या हो 

तथ्य – सामान्यतया महिलाहरूको स्तनको आकारमा थोरै भिन्नता हुनु चिन्ताको विषय होइन । दुवै स्तनको आकार कहिल्यै एकनास हुँदैन, बरु तिनीहरूमा थोर–बहुत भिन्नता हुन्छ, यो समान्य हो । स्तनको आकारमा भिन्नता हर्मोनल परिवर्तनका कारण पनि हुन सक्छ । यो उमेर बढ्दै जाँदा पनि हुन्छ ।

यस्तो अवस्थामा एउटा स्तनको वृद्धि पहिले सुरु हुन्छ । तर दुवैको वृद्धि एकसाथ रोकिन्छ । यस्तोमा एउटा स्तन सानो रहन्छ । यस्तो अवस्थामा महिलाहरूलाई असहज महसुस हुन सक्छ । स्तनको आकारमा परिवर्तन वंशाणुगत कारणले पनि हुन सक्छ । तर यसको मतलब यो होइन कि कुनै चिकित्सकीय उपचारको आवश्यकता छ ।

२.मिथक – स्तनपान गराउँदा स्तन लुज भएर झुक्छन् 

तथ्य – स्तनपान गराउँदा स्तन लुज हुन्छ भन्ने सोचकै कारणले केही महिलाहरू आफ्ना बच्चाहरूलाई स्तनपान गराउन डराउँछन् । उनीहरूले बच्चालाई आफ्नो दूध दिनुको साट्टा बोतलको दूध दिन्छन् । जुन राम्रो होइन । गर्भावस्थामा महिलाको तौल बढ्दा स्तनको आकार बढ्छ, स्तनपान गराएको कारण होइन ।

उमेर बढ्दै जाँदा छाला आफ्नो लचकता गुमाउन थाल्छ, यसको कारणले भने स्तनको छाला तन्किएर लुज हुनसक्छ । तर, स्तनपान गराउनाले स्तनको आकार बिगार्ने भन्दा पनि स्तनको आकारलाई सुडौल राख्न मद्दत गर्छ र तिनलाई आफ्नो सेपमा फर्काउँछ ।

३.मिथक – स्तन क्यान्सरको एक कारण ब्रा पनि हो 

तथ्य – टाइट ब्रा लगाउँदा स्तन क्यान्सर हुनसक्छ भन्ने यस्तो कुनै वैज्ञानिक तथ्य अहिले सम्म देखिएको छैन। क्यान्सर र ब्राको प्रत्यक्ष सम्बन्ध छैन । यसबारेमा अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । ब्राको रङ वा यसको प्रकारमा स्तन क्यान्सरसँग कुनै सम्बन्ध छैन ।

अर्थात्, प्याडेड, गाढा रङको ब्राले छालामा र्यासेस हुन सक्छ, तर यिनको स्तन क्यान्सरसँग कुनै सम्बन्ध हुँदैन । यदि ब्रा आफ्नो साइजको नलगाएमा वा धेरै कसिलो भएमा त्यसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ भन्ने चाहिँ सत्य हो ।

४.मिथक – स्तन थिच्दा साइज बढ्छ 

तथ्य – यस्तो भन्ने पनि चलन छ-स्तन चलायो वा थिच्यो भने साइज बढ्छ । यो मिथकका कारण कतिपय महिलाहरूले आफ्ना पार्टनरलाई स्तन चलाउनबाट रोक्ने पनि गर्छन् । यस्तो लगत बुझाइका कारण पूर्णआनन्द लिन लिनबाट वञ्चित भइरहेका हुन्छन् । तर, यो केवल एक मिथक हो । महिलाको स्तन हर्मोनल असन्तुलनका कारण ठूलो हुन सक्छ, तर यसको स्तन थिच्दा त्यसको साइज बढ्न भन्ने कुरामा सत्यता छैन ।

५.मिथक – स्तनपान गराउनु धेरै असुविधाजनक हुन्छ 

तथ्य – स्तनपान गराउँदा दुख्छ वा यो असुविधाजनक हुन्छ भन्ने कुरा पूर्णरूपमा सही होइन । स्तनपान गराउने पनि एउटा तरिका हुन्छ, जुन एक–दुई पटक सिकेपछि कुनै समस्या हुँदैन । केही महिलाहरूलाई सुरुका केही हप्ता स्तनमा थोरै दुखाइ हुन सक्छ, तर केही दिनमै यो ठिक हुन्छ । बरु स्तनपान नगर्दा स्तन भारी हुन्छ, तर स्तनपान गराउँदा स्तनमा धेरै हल्कापन आउँछ ।

६.मिथक – साना स्तनलाई विभिन्न औषधिको प्रयोगले ठूला बनाउन मिल्छ 

तथ्य – धेरै महिलाहरूले आफ्नो स्तनको आकार बढाउन विभिन्न क्रिम, औषधि वा तेलको प्रयोग गर्छन् । तर यस्ता औषधिहरूले शरीरमा खासै नपार्ने कुरा विभिन्न अध्ययनहरूले देखाएका छन् । यसको कुनै वैज्ञानिक आधार छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?