
१७ जेठ, काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले तीन दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले अनलाइनखबरलाई बताए अनुसार, आजको छलफलको मुख्य एजेन्डा हो– पछिल्लो पटक गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरण ।
यही प्रकरणलाई लिएर विपक्षीहरूले संसद् अवरोध गरिरहेका छन् । भोलि संसद् बैठक बस्दैछ । त्यसअघि मोटामोटी सहमति जुटाउनेगरी छलफल गर्नका लागि शीर्ष नेताहरू एकजुट भएको स्रोत बताउँछ ।
तर, सोही छलपलमा गृहमन्त्री लेखक पनि सहभागी छन् । गृहमन्त्री लेखकसहित कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी नेताहरू देव गुरुङ, हितराज पाण्डे, महेन्द्र राय यादव पनि सहभागी छन् ।
प्रतिक्रिया 4