+
+
Shares

दिवंगत राजपरिवारको श्रद्धाञ्जलीमा छैन दीपेन्द्रको तस्वीर

सोमबार राजावादी समूहहरूद्वारा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलनमा राखिएको तस्वीरमा दीपेन्द्रबाहेक १९ जेठ २०५८ मा मारिएका राजपरिवारका सबै सदस्यको तस्वीर छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दरबार हत्याकाण्डमा मारिएका दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिने कार्यक्रममा पूर्वयुवराज दीपेन्द्र शाहको तस्वीर राखिएको छैन ।
  • सोमबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सबै सदस्यहरूको तस्वीर राखिएको भए पनि दीपेन्द्रको छैन।

१९ जेठ, काठमाडौं । दरबार हत्याकाण्डमा मारिएका दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिने कार्यक्रममा पूर्वयुवराज दीपेन्द्र शाहको तस्वीर राखिएको छैन ।

सोमबार राजावादी समूहहरूद्वारा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलनमा राखिएको तस्वीरमा दीपेन्द्रबाहेक १९ जेठ २०५८ मा मारिएका राजपरिवारका सबै सदस्यको तस्वीर छ ।

दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुती अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ धीरेन्द्र शाहसँगै शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाह मारिएका थिए ।

‘दिवङ्गत राजपरिवारका सदस्यहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण’ लेखिएको ब्यानरमा दरबार हत्याकाण्डमा मारिएका सबै सदस्यहरूको तस्वीर राख्दा दीपेन्द्रको भने छैन ।

कमलादीको गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्र शाह पुगेका छन् । उनीहरूलाई मन्दिर परिसरमा उपस्थित समर्थकहरूले स्वागत गरेका छन् ।

दरबार हत्याकाण्ड लगत्तै गठन गरिएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाको दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?