+
+
Shares

ट्रेड टावरको आईपीओमा ७ गुणा आवेदन, आज अन्तिम दिन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ९:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीओको आवेदन माघ २० गतेको अन्तिम दिनसम्म १९ लाख ६१ हजार ३९१ ले दिएका छन्।
  • कम्पनीले आईपीओबाट संकलित रकम ३० करोड रुपैयाँ ऋण र ब्याज भुक्तानीमा प्रयोग गर्नेछ।
  • कम्पनीले थापाथलीको ट्रेड टावर र गौशालामा होटल सञ्चालन गरी आम्दानी गर्दै आएको छ।

२० जेठ, काठमाडौं । आईपीओ भर्न एक दिन बाँकी रहँदा ट्रेड टावरमा ७ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार सोमबार साँझसम्म कुल १९ लाख ६१ हजार ३९१ जनाले आवेदन दिएका छन् । उनीहरुबाट कुल २ करोड ३३ लाख ६० हजार कित्ता माग भएको छ । कम्पनीले ३२ लाख ९६ हजार ५०५ कित्ता आवेदन खुलाएको हो ।

यस कम्पनीको आईपीओ भर्न आज अन्तिम दिन बाँकी रहेको छ । प्रारम्भिक सूचनामा सोमबार नै अन्तिम दिन भनिए पनि आइतबार सार्वजनिक विदा परेपछि मंगलबारसम्म म्याद तय गरिएको थियो । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ, जसले दायित्व वहनमा कम्पनी मध्यमस्तरको जनाउँछ ।

काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३० वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १५ वर्ष बितिसकेको छ ।

कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ । ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो ।  थापाथलीको व्यापारिक कम्प्लेक्स र गौशालाको होटल अहिले कम्पनीले सञ्चालन गर्दै आएको छ ।

आईपीओबाट संकलन भएको रकम बैंकको ऋण र ब्याज भुक्तानीमा ३० करोड रुपैयाँ प्रयोग हुने कम्पनीले स्पष्ट पारेको छ । बाँकी ९ करोड रुपैयाँ होटल क्रिस्टलको क्षमता वृद्धिमा खर्चिने कम्पनीले जनाएको छ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ छ । ४ करोड ८२ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?