+
+
Shares

साम्राज्ञीले साइन् गरिन् ‘जदौ’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री साम्राज्ञी शाह आगामी फिल्म ‘जदौ’मा अनुबन्धित भएकी छन् र बैशाख १ गते टिजर पोस्टरमार्फत घोषणा गरिएको छ।
  • फिल्मको निर्माण सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिजले संयुक्त रुपमा गर्नेछ र छायांकन भदौदेखि सुरु हुनेछ।
  • निर्देशक र कलाकारको पूर्ण जानकारी चाँडै नै सार्वजनिक गरिनेछ र प्रदर्शन २०८२ सालभित्र गर्ने योजना छ।

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह आगामी फिल्म ‘जदौ’मा अनुबन्धित भएकी छन् । यो फिल्मको औपचारिक घोषणा बैशाख १ गते निर्माताले टिजर पोस्टरमार्फत गरिसकेका छन् ।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेनमेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको छ । निर्देशकबारे निर्माण टिमले खुलाएको छैन ।

भदौदेखि छायांकन थालिने यो फिल्मलाई श्याम तामाङले खिच्नेछन् । बुद्धि माझी निर्माण ब्यबस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको संगीत हुनेछ ।

सहनिर्मातामा ओम चेम्जोङ, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलाकार तथा प्राविधिकबारे चाँडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताए । प्रदर्शन २०८२ सालभित्र गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?