+
+

ज्याकलिनले भनिन्–‘ सलमानले किनिदिएको घर खै त ?’

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३० गते १३:४१

salman-khan-and-jaclin

बलिउडका अविवाहित नायक सलमान खानस“ग चलचित्र ‘किक’मा काम गरेपछि नायिका ज्याकलिन फर्नान्डेज मिडियामा सधै चर्चामा छिन् । सलमान र उनको पर्दा पछाडि रोमान्स चलेको खबरले पनि सिने बजारलाई तताएको छ ।

हालै मात्र सलमानले ज्याकलिनलाई घर किनिदिएको खबर बाहिरिएको थियो । तर एक कुराकानीमा ज्याकलिनले यसलाई हल्ला मात्र भनेकी छिन् । ज्याकलिनले भनिन्–‘यदि त्यस्तो हो भने, त्यो घर खै कता छ, मलाई देखाइदिनुहोस् ।’

उनले आफ्नो सपना घर किन्ने भएको भन्दै बल्ल एउटा गाडी किन्न सकेको जनाएकी छिन् । एक अर्को प्रसंगमा हट नायिकाले साजिद खानको ‘हमसकल’ आफूले हलमा गएर नहेर्ने जनाएकी छिन् ।’ उनले यो सिनेमा आफूले टीभीमै हेर्ने जनाएकी छिन् । साजिद उनको पूर्व प्रेमी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?