+
+
Shares

विपद्पछिको पुनर्निर्माण गर्न भौतिक मन्त्रालय तयार छः मन्त्री दाहाल 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:४३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा मनसुन प्रवेशसँगै बाढी, पहिरोको पूर्वअध्ययन आवश्यक भएको बताए।
  • मन्त्री दाहालले विपद्पछिको पुनर्निर्माणमा भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गरे।
  • उनले स्थानीय सरकारसँगको समन्वयमा विकास कार्य र विपद्को समयमा संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गरे ।

२० जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले नेपालमा मनसुन भित्रिसकेको भन्दै त्यसबाट हुनसक्ने बाढी, पहिरोको समस्या हुने ठाउँहरूको पूर्वअध्ययनको काम गर्न सकारात्मक रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले विपद्पछिको पुनर्निर्माणको सन्दर्भमा तुलनात्मक रूपले नेपालका मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहेको बताए ।

‘बाढी, पहिरोले दुःख दिने ठाउँहरूको पूर्वअध्ययन गर्नुपर्छ भन्ने कुरामा म सहमत छु,’ मन्त्री दाहालले भने, ‘विपद्पछिको पुनर्निर्माणको सन्दर्भमा तुलनात्मक रूपले नेपालका मन्त्रालयहरूमध्ये भौतिक पूर्वाधार मन्त्रालय तयारी अवस्थामा रहन्छ ।’

उनले स्थानीय सरकारसँगको समन्वयमा विकास निर्माणका कामहरू पनि गरिरहेको र विपद्को बेलामा संयन्त्र बनाएर काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए।

नेपाल निर्माणको चरणमा रहेकाले पनि केही समस्याहरू आइरहेको मन्त्री दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?